चन्द्रनिगाहपुर । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडानं ६ को आर्थिक सहयोगमा आमन्त्रित अन्तर जिल्लास्तरीय जुनिएर तेक्वाण्दो प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला तेक्वाण्दो कार्यसमिती रौतहटले माघ ९ र १० गते आमन्त्रित अन्तर जिल्लास्तरीय जुनिएर तेक्वाण्दो प्रतियोगीता आयोजना गरेको हो । कार्यक्रममा बिरगन्ज, नीजगढ, सिमरा, सर्लाही र आयोजक जिल्लाका खेलाडीहरुको सहभागीता रहेको सर्वोकृष्ट टिम सत्यश्वर तेन्वान्डो डोजाङ निजगढ भएको छ । प्रतियोगितामा सर्वोकृस्ट खेलाडी अनीष दर्लामी मगर भएका थिए । अनुशासित खेलाडी दर्पण लामा भएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथी नेपाल नेक्वान्दो सङ्ह प्रदेश(२ का महा(सचिव राजकुमार लामा (बिसिश्ठ अतिथी नेपाल फुटबल सङ्ह्का प्रदेश सम्योजक नेपाल कार्की , युवा नेता अजय साह ,अतिथी नेपाल त्क्वान्दो सघ सर्लाहीका अध्यक्ष बद्री सापकोटा, नेपाल फुट्बल सङ्ह् रौतहट जिल्ला अध्यक्ष भगवान दर्लामी , चन्द्रपुर नगरपालिका वडा ६ का सदश्य मन्जु परियार रहेका थिए । जुरी तर्फ हेमलाल श्रेष्ठ , जितसिङ्ह लामा र बिजय साह ठकुरी रहेको सो प्रतियोगिताको ब्यवस्थापन जिल्ला तेक्वान्दो सङ्गका कोषाध्यक्ष धन बहादुर लामीछानेले गरेका थिए । कार्यक्रम समापन जिल्ला तेन्वान्दो सघ रौतहटका अध्यक्ष बिर बहादुर रानामगरले गर्नु भएको थियो प्रतीयोगीता जन ज्योती उच्च माध्यमीक बिधालय चन्द्रपुरमा भएको नेपाल तेक्वान्दो सङ रौतहट जिल्ला सचीव केशव खड्काले बताउनु भयो ।