निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले समाजमा महिलाहरुमा प्रजनन स्वास्थ्यका कारण पाठेघर र स्तन क्यान्सर लगायतका धेरै समस्या हुने भएपनि खुलेर बाहिर नआउने गरेको बताउनु भएको छ ।
बाराको निजगढ नगरपालिका अन्र्तगत सिगौलमा सम्पन्न उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रर्वद्धन अभिमुखीकरण सचेतना कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो । उपप्रमुख लिलादेवी लामिछाने खनालको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा नगरप्रमुख खनालले महिलाहरु समाजमा यस्ता समस्या देखाउदा लाज लाग्ने र लुकाउने गरेका कारण झन समस्यामा पर्दै आएको समेत उहाँले बताउनु भयो ।
बारामै पहिलो पटक नगरपालिकाको पहलमा हरेक महिनामा एक पटक यस्तो क्लिनिक सञ्चालन शुरु गर्न लागेको बताउदै यसले महिलाहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताउनु भयो । कार्यक्रममा वडा नं. १,२ र ३ का वडाअध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य, स्वास्थ्य शाखा प्रमुख रमेश लामा, स्वंय सेविका स्वास्थ्यकर्मी आमा समूहका अध्यक्ष वा प्रतिनिधि टोल बिकास र महिला प्रतिनिधि लगायत करिब ७० जनाको उपस्थिति रहेको स्वास्थ्य शाखाकी लक्ष्मी आर्चायले बताईन ।
पाठेघर र स्तन क्यान्सर लुकाउने गरेका कारण झन समस्यामा पर्दै आएको छ – नगरप्रमुख खनाल
प्रतिक्रिया
प्रतिक्रिया