निजगढ । निजगढ–फापरबारी सडकको कालोपत्रे शुरु भएपछि निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले अनुगमन निरीक्षण गरेका छन् । निजगढ–सिगौल खण्डको ६ किलोमिटर क्षेत्रमा उच्च गुणस्तरको अस्फाल्ट प्रयोग गरी कालोपत्रे शुरु भएपछि खनालले निरीक्षण गरेका हुन । ४ वर्षअघिबाट शुरु भएको सो सडक निर्माण प्रदेश सरकारले बनाउने भन्दै रोकिएकोमा पुनः शुरु भएको हो । प्रदेश सरकारले सडक निर्माणमा चासो नदिएपछि संघीय सरकारकै बजेटबाट एक वर्षअघिबाट शुरु भए पनि कोरोना र लकडाउनका कारण भर्खर मात्र पुन शुरु भएको हो । संघीय सरकारले फेरि आफैले बनाउने भनेर बजेट विनियोजना गरेपछि अहिले कालोपत्रे बनाउने काम तिव्र रुपमा भईरहेको निजगढ नगरपालिका वडा नं। २ का वडा अध्यक्ष केशव ढोडारीले बताए । यस अद्धि उपप्रमुख लिलादेवी लामिछाने खनालले समेत निरिक्षण गरेकी थिईन ।
निर्माण कम्पनी पप्पुरञ्जन जेभिले ९ करोड रुपैयामा ठेक्का लिएको सो सडक ०७६ चैत्र मसान्तभित्रमा निर्माण कार्य पुरा गरिसक्नु पर्ने संझौता भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण निर्धारित समयमा पुरा हुन सकेको थिएन । निर्माण कम्पनीका इन्जिनियर संंतोश शर्माले तोकिएको समयमै काम सम्पन्न गर्ने बताउनु भएको छ । निजगढको भमरा खोला पुल नजिक प्लान्ट राखेर कालोपत्रे निर्माण कार्य शुरु भएपछि निजगढ–सिंगौल हु“दै हेटौडा फापरबारी जान सहज हुने स्थानीयहरुले बताएका छन् ।