निजगढ । निजगढ नगरपालिकाले नगर भित्रका अति अशक्त र अपांग नागरिकहरुलाई जाडोबाट बच्न ब्ल्यांकेट र थर्मश वितरण गरेकोछ । निजगढका मेयर सुरेश कुमार खनालको नेतृत्वमा सोमबारदेखि नगरका अति अशक्त र अपांग नागरिकहरुको घर घरमै पुगेर सो सामाग्रीहरु वितरण गरिएको निजगढ नगरपालिकाको महिला, वालवालिका तथा समाजकल्याण शाखाकी प्रमुख रोजी श्रेष्ठले बताउनु भयो ।
अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्धेश्य स्वरूप नगरपालिकाले ब्ल्यांकेट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले बताउनु भयो । नगरपालिकाले नगर भित्रका १९८ जना पूर्ण अपांग र अशक्त भएकाहरुलाई सो सामाग्रीहरु वितरण गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा नम्बर १ भरतगंज सिंगौलबाट सो सामाग्री वितरण शुरु गरेको हो । सामाग्री ग्रहण गर्दै लाभान्वितहरुले नगरपालिकाले घरघरमै आएर सेवा दिएको भन्दै खुशी व्यक्त गरेका थिए । अपांग तथा अशक्तहरुलाई थर्मस र ब्ल्यांकेट वितरण गर्न मेयर खनाल सहित उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन लगायत लगायत स्थानीय जनप्रतिनिधिहरु घरघरमा पुगेर गरेका थिए ।
अशक्त र अपांगहरुलाई न्यानो सामाग्री वितरण घरघरमै

प्रतिक्रिया
प्रतिक्रिया