पानाले गरिन जीवन रक्षाको माग

तराइ संचार
तराइ संचार 939 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । सिम्रौनगढ नगरपालिकाको चौथो नगर सभामा आपना पक्षमा सदस्य तानातान हुदा एक वडा सदस्य पनादेवी रामले आफु असुरक्षित रहेको भन्दै जीवन रक्षाको माग गरेकी छिन् ।
कलैयामा सोमवार पत्रकार सम्मेलन गरि रामले यस्तो माग गरेकी हुन । आफुलाई अपहरण शैलीमा कलैया ल्याई डर त्रास देखाएको उनले बताएकी छिन् । उपप्रमुख रिमा देवी कुसवाहा चढने सरकारी ना १ झ १६४४ नम्बरको गाडीमा वडा नम्बर ४ गंगापुर निवासी रामलोचन साह कानु भनिने भलवाले सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटा स्थित पुर्व गाबिस अध्यक्ष महाबिर साह कानुको घर अगाडीबाट तछाडमछाड गर्दै बलजवरजस्ती गाडीमा बसाएर आफुलाई कलैया ल्याएको उनले बताए । आफु प्रसुतीको कामका लागि टेटा गएको थिए । सिम्रौनगढ नगरपालिकाको मेयरको प्रत्यासी उम्म्ेदवार एवम कलैया अस्पताल बिकास समितिको अध्यक्ष किशोरी प्रसाद कलवारको निर्देशनमा रामलोचनले आफुलाई गाडीमा उठाएर ल्याएको वडा सदस्य पनाले बताए । हामीहरुलाई सिम्रौनगढ नगरपालिकाको मेयर बिजयशंकरलाई फसाएरु जेल हाल्नु छ तिमीले चौथौ नगरसभामा मेयर बिजयशंकर यादवले वलजबरजस्ती डराई धम्काई सही गराएको बयान जिल्ला अदालत, सरकारी बकिललाई देउ, तिमीलाई नयाँ कपडा किनदिन्छु, पैसा दिन्छु भन्दै प्रलोभनमा समेत पारेको उनले बताईन ।
श्रीमान ढोडाले जनिवरक्षाका लागि पत्रकार, मानव अधिकारकर्मी र सरोकारवाला निकायहरुसंग अपिल समेत गरेका थिए । श्रीमति पना, म लगायत परिवारका सदस्यहरु समेतलाई ज्यान मार्ने धमकी दिनेहरु किशोरी, उपप्रमुख रिमा, ,रामचोलनलाई कानुनी कार्यवाहि गर्न माँग समेत गरे । यस बिषयमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीसंग बुझदा घटना बारे अनुसंन्धान भईरहेको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content