बारा । जगदम्बा स्टीलको नयाँ प्लान्ट निर्माण र केही दिन अघि पड्किएको भट्टिका कारण चर्किएका घरको मर्मत गर्नुको सट्टा उल्टो धम्क्याएको आरोप स्थानीयले लगाएका छन् ।
प्रशासनमा निबेदन देउ हामीलाई केही हुदैन प्रशासनले बोलाएपछि म आफै आउछु किन फोन गरेको भन्दै धम्काएको स्थानीय घर भत्किएका सुनिल महतोले बताउनु भएको छ ।
महतोले जगदम्बा स्टिलका प्रवन्ध निर्देशक पबन बाबु अग्रवालले जहाँ गएपनि केही हुदैन भन्दै धम्काएको र आफना आसेपासेका मानिस पठाएर धुरको छ लाख भन्दा बढी चलेपनि न्युन मुल्य दुई तिन लाखमा जग्गा बेच्न मात्र दबाब दिदै आएको महतोले बताए ।
आसपासका सर्बसाधारणहरु मारमा मात्र हैन भुकम्पले जस्तै घर क्षतविक्षत भएपनि असुरक्षित तबरले भत्किएकै घरमा बस्न बाध्य छन् । पिडितले प्रहरी र ईलाका प्रशासनमा उजुरी गरेपनि प्रहरीले आफनो कार्य क्षेत्र नपरेको भन्दै पन्छिएको छ भने प्रशासनले प्रहरीलाई ध्यानाकर्षण पत्र लेखेर पठाएको भएपनि कार्वाही र छलफलको वातावरण समेत बनेको छैन ।
जगदम्बा स्टिलले नयाँ प्लान्ट स्थापना गर्दा रोलरबाट थर्किएर र पटक पटक भट्टी पडकिएर जमिन थर्किदा सो क्षेत्रका झण्डै एक दर्जन घर भत्किएको भएपनि स्थानीय निकायले समेत छलफलको बातावरण बनाउन नसकेको आरोप स्थानीयले लगाउदै आएका छन् ।
उद्योगबाट निस्कने धुवा, धुलो र प्रदुषणले बर्षैदेखि यस क्षेत्रका बासिन्दाहरुको घर चर्कने र बिभिन्न किसिमको घातक रोग लाग्ने गरेको पिडितहरुको गुनासो छ ।
हाल उद्योग बिस्तारको कारण झण्डै तीन दर्जन घरलाई घेराबन्दी गरेर कम मुल्यमा बेच्न दबाब दिदै बस्न नदिने गरेको आरोप स्थानीयको छ ।
उद्योगले चेपुवामा पारेपछि बस्न नदिने र बस्नै नसकिने वातावरण बनेको भएपनि स्थानियहरुको समस्या सरकार र सरोकारवालाले कुनै काम नगरेको उल्टै उद्योगको पक्षमा काम गर्दै आएको आरोप स्थानिय बलराम श्रेष्ठले बताउनु भएको छ ।
उद्योगकै कारण आफनो परिवार बिमारी भएकोले आफनो घर न्यन मुल्यमै बेचेर परिवारको उपचार गरेर बस्ति छोड्न बाध्य भएको पिडित श्रेष्ठले बताएका छन । स्थानियबासीहरुको समस्यालाई लिएर पटक, पटक स्थानिय सरकार बन तथा बाताबरण बिभागमा जाहेरी गरे पनि कहिकतै सुनुवाई नभएको कारण आफु जस्ता पिडितहरु बिस्थापित हुने क्रम जारी रहेको श्रेष्ठको भनाई छ ।