प्रेस युनियन बाराको साधारणसभा पर्यटकिय गणेशमान पार्क मोहरीमा गर्ने निर्णय

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया ः नेपाल प्रेस युनियन बारा शाखाको वार्षिक साधारणसभा आगामी फागुन १ गते हुने भएको छ । प्रेस युनियनका सभापती श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा मंगलबार कलैयामा सम्पन्न शाखाको बैठकले साधारणसभा गर्ने निणय गरेको हो । साधारणसभा निजगढमा रहेको पर्यटकिय रमणीय गणेशमान पार्क मोहरीमा गर्ने निर्णय गरेको हो । त्यसैगरी शाखाले साधारणसभाको अवसर पारेर प्रेस युनियन र नेपाल पत्रकार महासंघ बाराका संस्थापक स्व. बिनोद प्याकुरेलको स्मृतीमा २५ हजार राशी बराबरको स्व.बिनोद प्याकुरेल स्मृति पत्रकारीता पुरस्कार कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । कोरोना महामारीका समयमा फिल्डमा खटिएका पत्रकारहरुलाई समेत विभिन्न सहयोग गर्दै आएको शाखाले आगामी दिनमा समेत जिल्लाका सकृय पत्रकारहरुका समस्या पहिचान सहित समस्या समाधान गर्दै अगाडी बढ्ने निर्णय समेत बैठकले गरेको सचिव साजिर मंसुरले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content