विदेश पलायन हुने क्रम रोकिनु पर्छ ः मेयर खनाल

तराइ संचार
तराइ संचार 908 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं,
निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले श्रमजीवी युवाहरु विदेश पलायन रोकिनु पर्ने बताउनु भएको छ ।

उनले युवा पलायन हुने क्रम नरोकिएसम्म मुलुकमा विकासले सार्थकता नपाउने बताउनु भएकोछ । राष्ट्रिय युवा परिषदको आयोजना र निजगढ नगरपालिकाको सहआयोजनामा निजगढमा आयोजित सहुलियत पूर्ण कर्जा सहजीकरणका लागि उद्धमशिलता तथा वित्तीय साक्षरता तालिमको मंगलबार उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । मेयर खनालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न विभिन्न व्यवसायिक र उद्धमशील तालिमका साथै परामर्शका कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भएको छ ।

मेयर खनालले नगरपालिकाले कृषि, पशुपालन, विभिन्न शिपमुलक तालिम तथा कार्यक्रमहरुलाई वार्षिक रुपमा प्राथमिकताका साथ संचालन गर्दै आईरहेकोले युवाहरुलाई आत्मनिर्भर बन्ने र रोजगारीको मार्ग प्रशस्त भएको बताउनु भयो । वैदेशिक रोजगारबाट फर्किएकाहरुको समुह रिटर्नी माईग्रेट नेपालको संयोजनमा संचालित उक्त तालिम माघ १९ गतेसम्म हुनेछ । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, राष्ट्रिय युवा परिषदका उपसचिव केवलिराम अधिकारी,निजगढ नगरपालिका शिक्षा शाखाका प्रमुख उत्तम लामिछाने लगायतले सम्बोधन गर्नुभएको थियो।

रिटर्नी मईग्रेट नेपालका सचिव रामकृष्ण घिमिरेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा तालिम पश्चात कर्जा वितरणमा सहयोगका लागि तयार भएका सिटिजन्स बैंक, एनएमबि बैंक र मेघा बैंक नेपालका प्रतिनिधिहरुले कर्जा वितरणको बारेमा प्रष्ट्याउनु भएको थियो । तालिममा निजगढ नगरपालिका भित्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content