नवराज चौलागाईं
निजगढ । निजगढ नगरपालिकाले महिलाहरुको लागि प्रजनन स्वास्थ्य प्रवर्द्धन सम्बन्धमा जनस्तरमा सचेतना कार्यक्रम अन्तर्गत बुधबार निजगढको रतनपुरमा आयोजित अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुरेशकुमार खनालले महिलाहरुमा हुने विभिन्न रोग र स्वास्थ्य सम्बन्धि समस्यालाई पहिचान गरेर समयमै उपचारका लागि चेतना जगाउने उद्धेश्य नगरले वार्षिक योजनामानै समावेश गरेर उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम संचालन शुरु गरिएको बताउनु भयो ।
अभिमुखीकरण तथा सचेतना कार्यक्रमको अध्यक्षता समेत रहनुभएको उपप्रमुख लिलादेवी लामिछाने खनालले महीलाहरु प्रजनन सम्बन्धि समस्या भएकाहरुले समयमै उपचार गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बा, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान वहादुर गोले लगायतको सहभागिता रहेको थियो । निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरका विभिन्न क्षेत्रहरुमा संचालन भईरहेको अभिमुखीकरण तथा सचेतना कार्यक्रम पश्चात फागुन २ गतेदेखि स्वास्थ्य परिक्षणसंगै उपचारको व्यवस्था समेत रहेको स्वास्थ्य शाखाकी लक्ष्मी आचार्यले बताईन ।