सिकेन्द्र पासवान
कलैया । नेपाली काँग्रेसका पुर्व सचेतक एवम संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले स्व. दिनानाथ बनियाको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन ।
बारागढी गाँउपालिका वडा नम्बर ४ निवासी बनिया र सोही निवासी कलहीदेवी साहको एक सय बर्षको उमेरमा निधन नेपाली काँग्रेसको कृयाशिल सदस्य कलहीदेवी साहको दुई छुट्टाछुट्टै पार्थिव शरिरमा नेपाली काँग्रेसको झन्डा अोढाई अन्तिम श्राद्धञ्जली ब्यतm गर्दै सो कुरा बताउनु भएको हो । पराजुलीले प्रजातन्त्र पुर्नस्थापनामा बनिया र साहको योगदान ठुलो रहेको चर्चा गर्दे उहाँको निधनबाट पार्टी मर्माहित भएको बताए ।
यसैगरी नेपाली काँग्रेस बारागढी गाँउपालिका वडा नम्बर ४ को तर्फबाट सिकेन्द्र पासवान, अशोक साह, रामानन्द गिरी, हरेन्द्र विश्वकर्मा, श्रीचन्द्र साह, रामेश्वर साह, सरस्वती खरेल लगायतकाले श्रद्धाञ्जली अर्पण गरेकाको थियो । बनियाको ७५ बर्षको उमेरमा बुधवार राती निधन भएको थियो ।
हिन्दु परम्परा अनुसार जमुनी खोलामा दाह संस्कार गरिएको हो । उनको २ छोरा ३ छोरी रहेको छ । नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले बनियाको निधन प्रति शोक ब्यतm गरेका छन ।