महिला हिंसा संम्बन्धि समुदाय प्रहरी संम्बाद कार्यक्रम

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बिदुर खडका
बारा । महिलाहरु अझैपनि अर्थमा आत्मनिर्भर हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आत्मनिर्भर नहुदा पारिवारिक र घरेलु हिंसा अन्त्य हुने नसकेको उनीहरुले बताएका छन् ।

सहज परियोजनाद्धारा सिमरा थानिमाई बन उभोक्ता समितिको हलमा भएको समुदायमा प्रहरी संम्बाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

प्रहरीले आफनो श्र्रोत र साधनले भ्याएसम्म पिडितहरुलाई न्याय दिने गरेकोे ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख डिएसपि दिपक श्रेष्ठले बताउनु भयो । कार्यक्रममा महिला नेतृ कार्यपालिका सदस्य शोभा कार्कि महिला हिंसा नियन्त्रणमा प्रभावकारी काम अझै हुन नसकेको बताईन ।

कार्यक्रममा सहभागिहरुले आगामी दिनमा बिभिन्न महिलाहरुको हिंसाबाट बच्न जनचेतना र आय मुलक काईमा जोड दिएका थिए । संम्बाद कार्यक्रममा सहज परियोजनाका सहजकर्ता निरमा चौधरी, महिलाप्रहरी सेलका प्रमुख सुभद्र तामाङ लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content