वडाअध्यक्षद्धारा बिद्यालयमा तालाबन्दी

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको अमलेखगन्जमा रहेको नेपाल माध्यमिक बिद्यालयमा वडा नं. २१ का वडाअध्यक्ष कृष्ण ठकुरीले तालाबन्दी गरेका छन् । बिद्यालयको प्रधानाध्यापक परिर्वतनको बिषयलाई लिएर ठकुरीले तालाबन्दी गरेका हुन । प्रधानाध्यापक प्रविन काफलेका अनुसार हुलहुज्जत, धाकधम्की र धकेलाधकाल गर्दै वडाअध्यक्ष ठकुरीले बिद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका हुन ।
राजनैतिक प्रतिसोध साधेर ब्यवस्थापन समिति र वडाअध्यक्षलाई नटेरेको आरोप लगाएर प्रधानाध्यापकबाट हटाउदै वडाअध्यक्षले तालाबन्दी गरेपछि शिक्षक प्रधानाध्यापक बिद्यार्थिहरुलो बिद्यालय बन्द र आन्दोलनको कार्यक्रम गर्न बाध्य हुनु परेको काफलेले बताएका छन् । पत्रकार सम्मेलन मार्फत वडाअध्यक्षको तालाबन्दीको बिरोध गर्ने काफलेले बताए । यसअघि पनि वडाअध्यक्षले प्रधानाध्यापक हटाएको र बाध्य भएर राजिनामा गरेका थिए ।

 

शेयर
प्रतिक्रिया
Skip to content