बिदुर खडका
बारा । बारामा केहि दिन यता परेको सितलहरका कारण बिपंन्न बर्गका बालबालिका र बृद्धहरु मारमा परेका छन । स्थानीय सरकार र सरोकारवाला निकायले ध्यान नदिदा सामुदायिक बिद्यालयमा अध्यानरत गरिब तथा असहाय बालबालिकाहरु समस्यामा परेका हुन ।
नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय औराहामा अध्यानरत गरिब बालबालिकाहरु एक सरो कपडा लगाएर खालि खुट्टा बिद्यालय आउन बाध्य रहेको कक्षा ४ मा अध्यानरत पप्पु राम बताउछन ।
घरमा पनि राति ओडने कपडा नभएर आगो तापेको भरमा सुत्न पर्ने अवस्था रहेको छ । स्कुलमा नआए पाठ छुटने डर जाडोले सरिर कापि रहेका ६ बर्षे बालक ईच्छा पायाको दुखेसो छ ।
बुबाले ज्याला गरेर ल्याएको पैसाले खानामा खर्च हुने गर्दछ लुगा चप्पल किन्न पैसा छैन भन्नु हुन्छ आमा चाडै घाम लागे न्यानो लाग्ने थियो पायाको गुनासो छ ।
बालबालिकहरु जाडोका कारण सरिर कामिरहेको भएपनि बिद्यालयको ध्यान जान सकेको छैन । बाहिर हेर्दा सुगम बस्ति भनेर चिनिने औराह सेज क्षेत्रका दलित तथा गरिब बालबालिकाहरुको लागि जाडोको कपडा सहयोग गर्ने दाताहरु खोज गर्न आबश्यक रहेको शिक्षीका मिना ढकाल बताउछन ।
सितलहरमापनिबिध्यालयचलाउन पर्नेहुन्न्छ सनिबार संम्म यस्तै अवस्था रहेमाबिध्यालयबन्दगर्ने प,्रअगणेस पौडेल बताउछन ।