सिकेन्द्र पासवान
कलैया । कोरोना महामारीका कारण बन्द भएको बाराको सिम्रौनगढ र मटिअर्वा नाका शनिवार देखि खुल्ने भएको छ ।
सिम्रौनगढ र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बोलाएर हेल्थ डेस्क स्थापना गरी नाका खुलाउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएसगै शनिबारदेखि खुल्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निर्देशन दिएसंगै नाका खुल्ने भएको हो ।
नेपाल र भारत सिमा बन्द हुदा नागरिकलाई सहजरुपमा जनजिविका चलाउनका लागि भारतबाट समानहरु नेपालमा ल्याउन र आफन्त भेटघाटमा समेत समस्या हुदै आएको थियो । नाका खोलेसंगै भारतवाट सहजरुपमा उपभोग्य समानहरु ल्याउन सहज हुने भएको छ ।
माघ ११ मा सरकारले देशका ३० नाका खोल्ने निर्णय गरेपनि माघ १५ गते मात्र गृह मन्त्रालयको जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएको र शनिवारदेखि नाका खोल्न थालिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
भारतसित जोडिएका यी दुवै नाकामा शनिवार देखि चहलपहल हुने भएको छ ।
नाका खुलाउनका लार्गि हेल्पडेक्स राख्न छोटी भन्सारमा कर्मचारी राख्न भन्सारका प्रमुखसित समन्वय भइरहेको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद साहले बताए ।
नाका खोलाउन गरेको निर्णयलाई बाराबासीले स्वागत गरेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।