शहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धी रक्षा गर्नु आजको आवश्यक – नगरप्रमुख खनाल

तराइ संचार
तराइ संचार 516 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले शहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई व्यवस्थित र दीर्घकालिन बनाउ“दै रक्षा गर्नुपर्ने बताउनु भएको छ ।

शहिदको बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबैको सहयोग हुनुपर्ने उहा“ले बताउनु भयो । बाराको एकमात्र शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण गर्दै नगरप्रमुख खनालले सो कुरा बताउनु भएको हो ।

शहिद सबैको भएको बताउ“दै नगर प्रमुख खनालले शहिदको सपना पूरा गर्न सबैको साथ र सहयोग चाहिने उहा“ले बताउनु भयो ।

नेपाल विध्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढले आयोजना गरेको शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण कार्यक्रममा बोल्दै शहिद दिवश आउने दिनमा अझै राम्रो सित गर्न सबैको भूमिका हुनुपर्ने बताउनु भयो ।

जनआन्दोलन २०६२÷६३ का क्रममा शहादत प्राप्त शहिद हिरालाल गौतमको राज्यले नै शहिद माने पनि यस क्षेत्रमा शहिद दिवसलाई सबैले अंगिकार गरेर मनाउने नगरेकोमा आफूलाई दुख लागेको शहिद पत्नी गायत्री गौतमले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले जहानिया शासनमा मात्रै निहित रहेको शासकिय शक्ति जनताले प्राप्त गर्न शहिदको ठुलो योगदान रहेको बताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस निजगढका सभापति महेशी कुमरले मुलुकले अहिले प्राप्त गरेको उपलब्धि र राजनैतिक व्यवस्था शहिदहरुको चाहना र योगदानबाट प्राप्त भएको बताउनु भयो ।

शहिद हिरालाल गौतम जनआन्दोलनको क्रममा २०६३ वैशाख ४ गते नेपाली सेनाको गोली लागि शहिद हुनुभएको थियो ।

नेपाल विद्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढका संयोजक नवराज चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ का सदस्य पदम बहादुर भण्डारी,सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठ, नेविसंघ नेपाल कमर्श क्याम्पसका अध्यक्ष विष्णु खड्का लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content