गुरुप्रसाद गौतम । जगदम्बा स्टीलले पछिल्लो समय बर्षौ देखि बसोबास गर्दै आएका स्थानीयहरुलाई द्देराबन्दी गर्दै गाउँको बिचमा नयाँ ग्याँस प्लान्ट निर्माण कार्यलाई तिव्रता दिएपछि स्थानीय त्रसित भएका छन् ।
उद्योगले बृहत रुपमा निर्माण गरिरहेको ग्याँस प्लान्ट बस्तीको बीचमा निर्माण भईरहेकोले भविष्यमा जगदम्बा स्टील भन्दा नयाँ ग्याँस प्लान्ट भविष्यको लागि खतराको घण्टी बनेको स्थानीयहरुले बताएका छन् ।
जगदम्बा स्टीलले चारैतिर अग्लो पर्खाल उठाएर स्थानीय आसपासका मानिसहरुलाई समेत जानकारी नगराई ग्याँस प्लान्ट स्थापना गरेको हो ।
ग्याँस प्लान्ट लगायत नयाँ उद्योग स्थापना गर्न स्थानीयको सहमति आवश्यक पर्ने भएपनि गुपचुपमा तिव्र रुपमा ग्याँस प्लान्ट निर्माणले भोलीको दिनमा सिमरा असुरक्षित बनेको स्थानीयहरुले बताएका छन् ।
नयाँ ग्यास बनाउने क्रममा स्थानीयको घर भत्किएको भएपनि शक्तीको दुरुपयोग गर्दै मर्मत समेत नगरेको स्थानीय सुनिल महतोले बताएका छन् ।