सिकेन्द्र पासवान
पर्सा । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर २ ले नौ जनालाई सम्मान गर्ने भएको छ । महासंघको आईतबार वीरगंंजमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता एवम महासंघका केन्द्रिय सदस्य अवधेश झाको बिशेष उपस्थितिमा सम्पन्न बैठकले प्रदेश समितिको गतिबिधिमा प्रत्यक्षरुपमा सहयोग गर्दै आएका बिरगन्ज महानगरका नगरप्रमुख बिजय सरावगी सहित आठ जिल्लाका एक एक गरी आठ अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार छनौटका लागि अध्यक्ष दिपेन्द्र चौहानको संयोजकत्वमा अध्यक्षले दुई जना थप्ने गरी तीन जनाको पुरस्कार छनौट उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश समितिको साधारण सभा फाल्गुन १ गते वीरगंंजमा गर्ने निर्णय समेत गरेको महासंघ प्रदेश समितिका सचिब गुरुप्रसाद गौतमले बिज्ञप्ती मार्फत जनाएका छन् । बैठकले साधारण सभा भब्यरुपमा सम्पन्न गर्नका लागि प्रदेश समितिका उपाअध्यक्ष केसी लामिछानेको संयोजकत्वमा सात सदस्यीय मुल तयारी उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा सचिव गुरुप्रसाद गौतम, सदस्यहरु सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठ, भोजराज भट्टराई, नेपाल पत्रकारमहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जारा, बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय रहेका छन् ।
संचार समितिको सचिव आरएन विश्वासको संयोजकत्वमा सदस्यहरु अजय साह, शैलेन्द्र झा, अजित कुमार सिंह र हदिश खुदार रहेको उपसमिति गठन गरेको छ । आवास तथा भोजन ब्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष प्रविण साह, सदस्यमा जगत राई र सिकेन्द्र पासवान रहेका छन् ।
अतिथि स्वागत सत्कार समितिको संयोजकमा उपाध्यक्ष रिन्कु मिश्रा गायत्री, सदस्यहरुमा प्रदेश सदस्य ललिता साह, चन्दा कुमारी साह वीरगंजका कृयाशिल पत्रकारहरु लक्ष्मी खरेल, सुस्मा शर्मा, माधुरी महतो, कबिता खड्का, निलिमा पौडेल, बिमला गुप्ता रहेको स्वागत उपसमिति गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिले नौ जनालाई सम्मान गर्ने

प्रतिक्रिया
प्रतिक्रिया