म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी एनएलडी की नेतृ आङ सान सूचीलाई पक्राउ गरिएको छ । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको र सरकार बनाउन संसद बोलाउन लागेपछि सेनाले उक्त चुनावमा धाँधली भएको जनाउदै पक्राउ गरेको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।
पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सूचीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि लगिएको बताएका छन्।
सूचीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने घोषणा म्यान्मारमा आङ सान सूचीको दललाई बहुमत दिएको छ ।
ूम हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,ू उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।
त्यस्तै सडकमा कुनै गतिबिधि हुन नदिन सडकमा सेनाको उपस्थिति बढेको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको समचार संस्थाहरुले जनाएका छन् । सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्। सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको अन्तराष्टिय समचार संस्थाहरुले जनाएका छन ।