ओली समूहको प्रेस संगठन नेपाल प्रदेश नं २ को इन्चार्जमा पर्सा निवासी लालबाबु शेख

तराइ संचार
तराइ संचार 819 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । प्रेस संगठन नेपाल प्रदेश नं २ को इन्चार्जमा पर्सा निवासी लालबाबु शेख चयन भएका छन् ।

सह इन्जार्जमा इश्वरी काफ्ले भएका छन् भने संयोजकमा रौतहट निवासी फणी महत र सह संयोजकहरुमा धनुष निवासी धर्वेन्द्र झा र किरण कुमार कर्ण चयन भएका छन् .

चयन भएकाहरुलाई नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष केसी लामिछानेले सबैलाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना शुभकामना समेत दिएका छन् ।

नेकपामा पार्टी आधिकारिकरुपमा नछुटिदै केपी ओली समूहको प्रेस संगठन निर्मा भएको हो । संगठनको केही समय अघि सम्पन्न भेलाले गणेश बस्नेतलाई पुन संगठनको अध्यक्ष बनाएको थियो । यता प्रचण्ड माधव समुहको केीन्द्रय अध्यक्षमा महेश्वर दहाल पहिले देखिनै छन् ।

पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष दिपेन्द्र चौहानले पनि बधाई तथा शुभकामना सामाजिक सञ्जाल मार्फत दिनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content