जेष्ठ पत्रकार प्रोत्साहन भत्ताबाट दुई सहित आठ पत्रकार सम्मानित
सिकेन्द्र पासवान
निजगढ । नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाअध्यक्ष राजेश मिश्रले लोकतन्त्रको सुन्दर आभुषण पुर्ण प्रेस स्वतन्त्रता रहेको बताउनु भएको छ । उहाँले जुन देशमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर हुन्छ त्यो देशको लोकतन्त्र फस्टयाउन नसक्ने बताउदै प्रेस स्वतन्त्रता बिरोधी शतिmहरुलाई परास्त गरी छाडने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बारा शाखाको १६ औ साधारण सभालाई निजगढको पर्यटकिय गणेशमान पार्क मोहरीमा उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले पत्रकारहरुलाई बिभिन्न बहानामा कमजोर पार्नेहरु आफै हराएर जाने बताउनु भयो ।
संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि र अधिनायकबादीहरुलाई साईजमा ल्याउनका लागि पनि सबै पत्रकारहरुलाई एकजुट हुन उनले आग्रह गर्नु भयो ।
शाखाका सभापति कमल कुमार उपाअध्याको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाअध्यक्ष केसी लामीछाने, सचिवहरु गुरुप्रसाद गौतम, आरएन विस्वास सदस्यहरु सिकेन्द्र पासवान, भोजराज भट्रराई, जीतलाल श्रेष्ठ, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछाने, डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव, प्रेस संगठनका पुूुष्पराज खतिवडा लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसैगरी पुर्व अध्यक्षहरु स्व बिनोद प्याकुरेल, गुरुप्रसाद गौतम, लक्ष्मी साह, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्यहरु भोजराज भट्टराई, सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सोही अवसरमा ६५ बर्ष पुरा भएका पत्रकार सत्यप्रसाद श्रेष्ठ, रामेश्वर मेहतालाई रु ६ हजारको दरले जेष्ठ पत्रकार प्रोत्साहन भत्ता समेत प्रदान गरेको हो ।
सधारण सभामा स्व बिनोद प्याकुरेल स्मृति पत्रकारिता पूरस्कार नेपाल टेलिभिजनका बारा सम्ववदाता रेशम तिवारी, स्व बिरेन्द्र साह स्मृति पत्रकारिता पुरुस्कार प्रतिक दैनिकका निजगढ सम्ववादाता जीतलाल श्रेष्ठ र स्व रमेश पाण्डे स्मृति युवा पत्रकारिता पुरस्कार संस्कार एफएम कलैयाकी समाचार बाचिका रेणु चौधरीलाई प्रदान गरेको शाखा सचिव गणेश रिजालले बताए ।
पत्रकार महासंघ बाराका उपाअध्यक्ष रामबाबु मेहताले स्वागत गरेको सो कार्यक्रममा केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाअध्यक्ष केसी लामीछाने,सचिब आरएन विश्वास, डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय लगायतका पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
साधारण सभाको उद्धघाटन पछि सम्पन्न बन्द सत्रमा शाखाका सचिव गणेश रिजालले संगाठनिक एवम कोषाअध्यक्ष मुकेश यादवले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्व सहमतबाट पास भएको थियो ।
साधारण सभाले मोहरी गणेशमान पार्क घोषण पत्र समेत जारी गरेको छ । चुरेको फेदी, बकैया नदीको किनारा र दु्रतमार्गसग समेत जोडिएको गणेशमान पार्क पर्यटकिय सम्भावनाको प्रचुर सम्भावना भएकोले यस क्षेत्रको बिकास र प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको निर्णय गरेको छ । गणेशमान पार्कमा दिवगत पत्रकारहरुको स्मृतीमा मिडिया पार्क स्थापना र पुर्ण प्रेस स्वतन्त्रताका लागि माग गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभाका तस्बीरहरु