निजगढ । भूमि सम्बन्धी समस्या समाधान आयोग बाराको अध्यक्षमा निजगढ नगरपालिका निवासी अम्बिका चौलागाई चयन हुनु भएका छन् । चौलागाई निजगढ गाँउ विकास समितिमा २०४८ देखि २०५१ र २०५४ देखि २०५९ सम्म दुई कार्यकाल उपाध्यक्षकोरुपमा काम गर्नु भएको थियो ।
त्यसैगरी एमाले बाराको पुर्व जिल्ला सदस्य र हाल सल्लाहाकार रहेका छन् । खानेपानी समिति निजगढका पुर्व अध्यक्ष र लोकप्रिय सहकारीका अध्यक्ष रहेका छन् ।
तराई यातायात ब्यबसायी संघका पुर्व उपाध्यक्ष र विद्यालय ब्यवस्थापन समिति लगायत दर्जनौ सामाजिक संस्थामा बसेर काम गर्दै आएका चौलागाईले जटिल बन्दै आएको सुकुम्बासी समस्या समाधान गर्न स्थानीय निकाय लगायत सबैको सहयोग हुनु पर्ने बताउनु भएको छ । सरकारले सोमबार राजपत्रमा सुचना प्रकाशन गर्दै सो चयन गरेको हो ।
आयोगको सदस्यहरुमा बाराको बहुअरी निवासी उमेश गुप्ता र डुमरवाना निवासी चयन गुरुङ्ग चयन भएका छन । सामाजिक सञ्जालमा चौलागाईलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त भईरहेको छ ।