औपचारिकतामा सिमित विश्व सिमसार दिवश

तराइ संचार
तराइ संचार 773 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बिदुर खडका
बारा । सिमरा र यस क्षेत्रका ठुला कलकारखानहरुले निकुञ्ज आसपासको नदीनाला र सिमसार क्षेत्र अतिक्रमण गरेपनि मौन रहदै आएको पर्सा राष्ट्रिय निकुन्जले औपचारिकतामा ‘पानी र सिमसार, जिबनको अभिन्न आधार’ भन्ने नाराका साथ बिश्व सिमसार दिवस मनाएको छ ।
निकुन्ज हुदै आएको नदी नाला र सिमसार क्षेत्र जगदम्बा लगायत यस क्षेत्रका उद्योगहरुले कब्जामा लिएर भौतिक संरचना बनाईरहेपनि आरक्ष र समितिहरु मौन रहदै आएका छन् ।
त्यसो त कलकारखाना र विभिन्न बहानामा जग्गा खण्डिकरण गरेर सिमसार क्षेत्र अतिक्रमण गरेको तितो यथार्थ रहेपनि सरोकार निकायले उचित ध्यान नदिदा सिमसार क्षेत्र मरुभुमिकरण बन्दै गएको स्थानीयहरुले बताएका छन् ।
बिश्व सिमसार दिवसमा गोष्ठी र छलफल भन्दै आफना केही मानिसहरुलाई बोलाएर औपचारिकतामा कार्यक्रम गरी मनाउने गर्नु नाम मात्रको कार्यक्रम भएको सहभागीहरुले बताएका छन् । नेपालमा भने प्रकृति र मानव निर्मित सिमसार जलासयहरुको संरक्षण गर्न छाडेर हुने यस्ता दिवशको कुनै औचित्य नभएको बताईएको छ । सिमसार क्षेत्र संरक्षणको अभाबमा नस्ट हुदै आएको छ ।
बिश्व सिमसार दिवसको उपलक्षमा पर्सा राष्ट्रिय निकुन्जले भने सिमसार क्षेत्र बचाउन बिभिन्न कार्यक्रम गरेको निकुन्जका सुचना अधिकारी रमेश यादबले जनाएका छन ।
यादबले कुनै पनि उद्योग कलकारखानाले सिमसार क्षेत्र बन अतिक्रमण गरेको भए कारबाहि चलाउने जनाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content