सिकेन्द्र पासवान
कलैया । बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता माघ २४ गते देखि शुरु हुने भएको छ ।
कलैयामा मंगलवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएको हो । फाल्गुन १ गते सम्म चल्ने सो प्रतियिोगितामा भारत बिहारका पटना, बेतिया, प्रदेश २ का बारा, पर्सा रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ का मकवानपुर जिल्ला गरी जम्मा ८ वटा टिमहरु सहभागी हुने आयोजक क्लव एलाभेन स्टार क्रिकेट क्वल प्रसौनीका अध्यक्ष अतिन्द्र राउतले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधान सभा सदस्य लालबाबु सिहले खेल र खेलाडी देशको अमुल्य गहना भएको हुदा त्यसको बिकासका लागि सरकारले योजनाबद्ध कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
अहिलेको सरकारले खेलकुदको बिकास गर्न नसकेको हुदा खेलाडीहरुको मनोबल समेत खस्केको बताउदै संविधानसभा सदस्य सिहले नेपालको नाम खेलकुदको माध्यबाट बिश्व सामु चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्नु पर्ने बताउनु भयो ।
फोहरी खेलमा लागेर देशको भलो हुन नसक्ने बताउदै धरापमा पारेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै राजनितिक शतिmहरु एकजुट भई ओलीले गरेको संसद बिघटनलाई पुर्नस्थापना गराउनु पर्ने बताउनु भयो ।
नेपाल ईन्डो होस्पिटल वीरगंज एवम राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालय वीरगंजको सहयोगमा सो प्रतियोगिता संचालन हुन लागेको आयोजक समितिका सदस्य तिरपुरारी राउतले जानकारी गराए । नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थ मन्त्रि रामशरण महतले सो प्रतियोगिताको माघ २४ गते उद्धघाटन गर्ने कामक्रम रहेको आयोजकले जनाएको छ । समापन भने संविधान सभा सदस्य लालबाबु सिहबाट हुने आयोजक समितिका अधयक्ष राउतले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र म्यान अफदी सिरज हुनेहरुलाई विशेष पुरस्कार प्रदान गरिने छ । पत्रकार सम्म्ेलनमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिओम सोनार लगायत पत्रकारहरुको सहभागिता रहेको छ । करिब १० लाखको लागतमा प्रतियोगिता हुने बताईएको छ ।
माघ २४ गते देखि ईन्डो हस्पिटल टी ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिता
प्रतिक्रिया
प्रतिक्रिया