सिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफनो सदस्यहरुलाई गत बर्ष गरेको २ करोड ३१ लाख ४४ हजार नाफाबाट छुट्याइएको संरक्षित पूँजी फिर्ताकोषको रकम वितरणको सुरु गरेको छ।
सहकारी ऐनअनुसार कारोवारको आधारमा आ.ब. २०७६÷७७ को नाफाबाट रकम फिर्ता थालेको हो। संस्थाका तीन हजार पाँच सय शेयर सदस्यहरु छन्। हातेमालोले वार्षिक ५३ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । नाफाबाट आफना सदस्यहरुलाई सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर लाभांश वितरण गरिसकेको छ।
गत बर्षको नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा छुट्याइएको रु। ३९ लाख ५ हजारलाई कारोवारको आधारमा असल ऋणीहरुलाई उनीहरुले तिरेको ब्याजको ४।१८ प्रतिशत तथा वचतकर्ताहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४।८२ प्रतिशतले हुने रकम सोही कोषबाट वितरण गर्ने कार्यको मंगलबार सुरुवात गरिएको हो।
यसरी शेयर लाभांश र पूजी फिर्ताकोषबाट प्राप्त रकम दुवैलाई जोडदा एकै जनाले आफनो शेयर रकमको ४८२ प्रतिशतसम्म लाभान्स प्राप्त गर्नुभएको व्यवस्थापक महेश ढुङ्गेलले बताउनु भएको छ ।