नवराज चौलागाईं,
निजगढ,२१ माघ ।
निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारी शुरु भएकोछ । निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको प्रतियोगिता फागुन १ गतेबाट शुरु हुने आयोजक निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापाले बताउनुभयो ।
फागुन १ देखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाका १३ वटै वडाका विभिन्न क्लवहरुको सहभागिता रहने अध्यक्ष थापाले बताउनुभयो । वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ४५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्ने आयोजक निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामाले बताउनुभयो । प्रतियोगिता अवधिभरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने कोषाध्यक्ष लामाले जनाउनुभयो ।
प्रतियोगिता संचालनकोलागि करिब ८ लाख रुपैंया खर्च हुने आयोजक निजगढ फुटबल क्लवले अनुमान गरेकोछ । प्रतियोगिता संचालनकोलागी आवश्यक ८ लाख रुपैंया निजगढ नगरपालिकाले उपलब्ध गराउने आयोजकले जनाएकोछ । कोरोना भाईरस संक्रमणको कारण गत वर्ष संचालन हुन नसकेको निजगढ नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उपाधि वडा नम्बर ५ ले जितेकोथियो भने पहिलो संस्करणको उपाधि वडा नम्बर ४ ले जितेको थियो ।
निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारी शुरु

प्रतिक्रिया
प्रतिक्रिया