कलैयामा प्रचण्ड-नेपाल पक्षको मसाल जुलुस

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया ।नेकपा प्रचण्ड- नेपाल पक्षका नेताहरुले बुधबार बारामा मसाल जुलुस निकालेको छ ।
प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साझ बारा को सदरमुकाम कलैयमा मसाल जुलुस निकालेको हो ।

सदरमुकाम कलैया स्थित देवकोटा चौकबाट निकालिएको मसाल जुलुस कलैयाको मुख्य बजार परिक्रमा गरि भरत चौकमा कोण सभामा परिणत भएको थियो । मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरी बिच केही बेर झडपको स्थिती सिर्जना भएको थियो ।

पार्टीका कलैया उपमहानगरका अध्यक्ष जवाहिर अंसारिको नेतृत्वमा जुलुस निस्केको थियो। कलैया उपमहानगर कमिटी सचिव मुकेश साहले मसाल जुलुश पछी कोण सभा मा बोल्दै बिहीवार हुने आम हडताललाई यातायात ब्यवासायी , व्यापारी श्रमिक, लागायत आम जन समुदायलाई बन्द गरि सहयोग गरि दिन आग्रह गरेका थिए । यस्तै बन्द को प्रभाव पर्ने भए पछी बारा को कलैया लगायत जिल्लाभरका बिधालय बिहिवार एक दिन बन्द गर्ने निर्णय गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content