सिमरा । नेपाल पत्रकार महासंघको बिरोधकाबिच प्रदेश २ सरकारले पत्रकार , रेडियो , टिभि, पत्रपत्रिका लगायतको नियमन गर्न विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ।
प्रदेश २ को सरकारले प्रदेश नं. २ को मिडिया काउन्सिल प्रदेश २ को अध्यक्षमा शिवहरि भट्टराईलाई नियुक्त गरेको छ । काउन्सिलका अध्यक्षमा नियुक्त भट्टराई ४० बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।
हाल ईमेज, नेपाल समाचार पत्र र ब्लाष्ट दैनिकमा कार्यरत भट्टराई सुचना साप्ताहिकको सम्पादक भई २०३७ सालदेखि सञ्चालन गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष, प्रेस काउन्सिलका सदस्य, प्रेस ईन्सुच्यिुट पुर्वाञ्चलका अध्यक्ष, श्रमजिबि पारिश्रमिक निर्धारण समितिका सदस्य समेत भई सकेका भट्टराईले एक लाख राशीको नेपाल पत्रकार महासंघको स्वर्गिय कृष्ण प्रसाद भट्टराई स्मृति पत्रकारिता समेत पाई सकेका छन् । भट्टराई सप्तरी निवासी हुन ।
आमसञ्चार प्राधिकरणको अध्यक्षमा सप्तरीका श्याम सुन्दर यादवलाई नियुक्त गरेको छ ।
प्राधिकरणको अध्यक्षमा नियुक्त भएका यादव तत्कालिन संघिय समाजवादी फोरमको पत्रकार संगठन प्रेस नेपालका प्रदेश अध्यक्ष हुन । यादब नेपाल टेलिभिजनमा कार्यरत रहेका छन् ।
त्यस्तै प्रदेश २ को चलचित्र विकास वोर्डको अध्यक्षमा ध्रमेन्द्र मोडवैता पप्पूलाई नियुक्त गरेको छ ।
पप्पु संघिय नेपाल चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष पनि हुन । उनी मैथिली भाषा तथा साहित्य र कला क्षेत्रमा पनि अभियानीका रुपमा पनि चिनिन्छन् ।
शुक्रबार विहान बसेको मन्त्री परिषदको बैठकले तिनवटै निकायमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रदेश सरकारले केही समय अघि प्रदेश संचार सम्बन्धि ऐन २०७७ ल्याएर संघीय सरकारमा रहेको जस्तै आयोग गठन गरेको यो नै पहिलो प्रदेश हो ।
प्राधिकरणको अध्यक्षमा नियुक्तहरुको कार्यकाल चार बर्षको हुने जनाईएको छ । आयोगहरुमा ७–७ जनाको कर्मचारी दरबन्दी समेत संचार नियमावलीले गरे बमोजिम कार्यालय स्थापना गरिने जनाईएको छ । पत्रकार महासंघले ऐन निर्माणका क्रममा बिरोध जनएपछि ऐनमा केही कार्वाही लगायतको सम्शोधन गरी बिधेयक ल्याएर नियुक्ती गरेको हो ।