सिमरा । नेकपा बाराका सचिब , प्रदेश सभा सदस्य एवम नेकपा प्रदेश नं. २ का प्रमुख सचेतक सुन्दर विश्वकर्मा फेरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका छन् ।
बिश्वकर्मा यस अघि केपी शर्मा ओलीतर्फनै केन्द्रिय सदस्यमा नाम आएपनि विज्ञप्ती निकालेर आफु प्रचण्ड माधव समुहमा रहेको बिज्ञप्ती निकालेका थिए ।
बिश्वकर्मा पुनः हाल के पद हुने निर्कैल नहुदै निसर्त ओली समुहमा प्रवेश गरेको नेकपा केन्द्रिय सदस्य अच्युत मैनालीले बताउनु भयो । उनीसगै प्रदश सदस्य सीता गुरुङ पनि पुन ओली समूहमा आएका छन् ।
बाराबाट जीतपुरसिमरा उमनपाकी उपमेयर सरस्वती देबी चौधरी पनि ओली समूहमा सहभागी भएकी छिन । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षको काठमाण्डौमा भएको आमसभामा सबै सहभागी भएको बताईएको छ ।