सुरज गौतम
काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखी सामान्य बदली रहेको छ । वरिष्ठ मौसमविद् निराजन सापकोटा भन्छन्, “२ र ३ बजेपछि काठमाडौंमा हल्का पानी पर्नसक्ने सम्भावना छ ।” आज दिउँसो प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश २ मा हल्का वर्षाको संभावना
प्रतिक्रिया
प्रतिक्रिया