बारामा १८ शुभेच्छुक संस्थाहरुले सरकारविरुद्ध प्रदर्शन

तराइ संचार
तराइ संचार 621 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कृष्ण बुढाथोकी
निजगढ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार बारामा १८ शुभेच्छुक संस्थाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार शनिबार देशभर प्रदर्शन भएकोमा बारामा पनि भएको हो ।
ने.क.पा. सरकारले गरेको सासंद बिघटनको बिरोधमा नेपाल ट्रेड युनियन काङ्ग्रेसको नेतृत्वमा बारामा गरिएको सांकेतिक बृहत बिरोध सभा कलैया बजार परिक्रमा गरि जिल्ला प्रशासनको गेटमा प्रमुख जिल्ला अधिकारीको उपस्तिथिमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष बिश्वमणी सुबेदीले सम्बोधन गरि बिरोध सभा सम्पन्न भएको हो ।
गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध गर्दै आएको छ ।
विरोध प्रदर्शन अन्तर्गत आज शुभेच्छुक संस्थाहरुले देशभर सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गरेका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content