निजगढ । निजगढका मेयर सुरेश कुमार खनालले युवाहरुको लागि नगरपालिकाले वार्षिकरुपमा विभिन्न सामाजिक बिकासका शिप र आय मुलक कार्यक्रम तथा योजनाहरु संचालन गरिरहेको बताउनु भएको छ ।
आफुले प्राप्त गर्ने अवसर र सुविधाको उचित ढंगले प्रयोग गर्न सके युवाहरु कुनै न कुनै क्षेत्रमा प्रतिभावान हुनेमा जोड दिनु भएको छ । क्रियटिभ स्किल डेभलपमेन्ट निजगढको आयोजनामा संचालित युवा प्रतिभा पहिचान कार्यक्रमको शनिबार उद्घघाटन गर्नुहुदै मेयर खनालले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा निजगढकी उपमेयर लिलादेवी लामिछाने खनालले आफु भित्र भएको प्रतिभा समाजमा सहि ढंगले प्रस्तुत गर्न सके युवाहरु स्वावलम्वी बन्न बताउनु भयो । वडा नम्बर १० को आर्थिक सहयोगमा फागुन २४ देखि ३० गतेसम्म एक हप्ता संचालन हुने प्रतिभा पहिचान कार्यक्रममा सो वडाका २० भन्दा बढी युवाहरुलाई अभिमुखीकरण र प्रशिक्षण दिएर प्रतिभाशाली बनाउने लक्ष रहेको क्रियटिभ स्किल डेभलपमेन्ट निजगढका बलराम खड्काले बताउनुभयो ।
क्रियटिभ स्किल डेभलपमेन्ट निजगढका व्यवस्थापक विष्णुगोपाल रिसालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,कार्यक्रमका प्रशिक्षक समेत रहनुभएका चलचित्र विकास वोर्डका केन्द्रीय सदस्य भाईकाजी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएकोथियो ।
आयमुलक कार्यक्रमहरुले युवाहरु प्रतिभावान बन्ने – मेयर खनाल
प्रतिक्रिया
प्रतिक्रिया