प्रसौनी । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. राम शरण महतले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्नुपर्ने बताउनु भएको छ । सरकारले खेलकुदका लागि सक्दो सहयोग गर्न सके देशको नाम उच्च राख्ने बताउनु भयो । बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको शनिबार उद्धघाटन गर्दै पुर्व अर्थमन्त्री डा. महतले सो कुरा बताउनु भएको हो ।
उहाले देशमा बिकशित घटनाक्रमले कसैलाई फाईदा नगर्ने बताउदै संसद बिघटन असबैधानिक कदम भएको र अदालतले सही निर्णय दिनेमा आफु आशावादी रहेको समेत बताउनु भएको छ ।
फाल्गुन १ गते सम्म चल्ने सो प्रतियिोगितामा भारत बिहारका पटना, बेतिया, प्रदेश २ का बारा, पर्सा रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ का मकवानपुर जिल्ला गरी जम्मा ८ वटा टिमहरु सहभागी हुने आयोजक क्लव एलाभेन स्टार क्रिकेट क्लबले जनाएको छ । क्लबका अध्यक्ष अतिन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य लालबाबु सिहले खेल र खेलाडीको बिकासका लागि सरकारले योजनाबद्ध कार्यक्रम ल्याउन नसकेको बताउनु भएको छ ।
अहिलेको सरकारले खेलकुदको बिकास गर्न नसकेको हुदा खेलाडीहरुको मनोबल समेत खस्केको बताउनु भयो ।
नेपाल ईन्डो होस्पिटल वीरगंज एवम राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालय वीरगंजको सहयोगमा सो प्रतियोगिता संचालन हुन लागेको हो । कार्यक्रममा नेपाली काग्रेस पर्साका पुर्व सभापति एवम पुर्व सभासद राजेन्द्र सिह अमात्य, पुर्व सभासद रामअयोध्या प्रसाद यादब, नेपाली काग्रेसका सचिब मनोज भट्ट, महासमिति सदस्य नारायणी रायमाझी लगायतले शुभकामना दिनु भएको थियो ।
खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्नुपर्ने – पुर्व अर्थमन्त्री डा. राम शरण महत
प्रतिक्रिया
प्रतिक्रिया