बाराका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा कार्यकर्तासग क्षमा माग्दै माधव प्रचण्ड समुहमा

तराइ संचार
तराइ संचार 961 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा बाराका सचिब, प्रदेश सभा सदस्य एवम नेकपा प्रदेश नं. २ का प्रमुख सचेतक सुन्दर विश्वकर्माले नेकपा पार्टी विभाजन हुदा दुवैतिर आफनै साथीहरु भईरहदा कता लागौ भन्ने निर्णय गर्न कठिन भएको र मन अस्थिर रहेर कहिले यता त कहिले उता पुगेकोमा आत्मआलोचना सहित कार्यकर्ताहरुमा क्षमायाचना गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्दै कार्यकर्ताहरुमा पर्न गएको अन्यौलता प्रति क्षमायाचना गर्दै नेता बिश्वकर्माले आफु मुलधार माधव प्रचण्ड समुहमै रहेको पनि स्पष्ट पारेका छन् । केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उनले फेरी माधव प्रचण्ड समुहमै रहेको स्पष्ट पारेका हुन् ।

बिश्वकर्मा यस अघि केपी शर्मा ओलीतर्फनै केन्द्रिय सदस्यमा नाम आएपनि विज्ञप्ती निकालेर आफु प्रचण्ड माधव समुहमा रहेको बिज्ञप्ती निकालेका थिए ।

उनीसगै प्रदश सदस्य सीता गुरुङ पनि ओली समूहमा आएको बताएपनि आफु ओली समुहमा नरहेको भन्दै आफनो नाम समाबेश भएकोमा दुःख लागेको बताएको राजन पौडेलले बताए । उनीहरु दुवैसग सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।

 

शेयर
प्रतिक्रिया
Skip to content