सिमरा । नेपाल ईन्डो होस्पिटल टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा मकवानपुर बिजयी भएको छ ।
ईन्डो होस्पिटल टि २० खेलको पहिलो दिनको खेलमा बेतिया क्रिकेट क्लब बेतिया बिहार भारत र मकवानपुर क्रिकेट क्लब मकवानपुर बिच भएको थियो । मकवानपुर क्रिकेट क्लब मकवानपुरले टस जिति बयाटिङ्ग गरेका थिए ।
२० ओभरको खेलमा मकवानपुरले १२८ रन बनाउन सफल भयो । दोस्रो पालिमा बेतिया क्रिकेट कल्बले ११४ रन मात्रै बनाएर अल आउट भएपछि मकवानपुर बिजयी भएको हो ।
प्रतियोगितामा १४ रनले मकवानपुर बिजयी भएको हो । प्रतियोगिताको म्यान अफ द म्याज घोषित रबिन्द्र गुरुङ्ग चार बिकेट १२ रन ल्याउन सफल भएका थिए ।