स्रोत नखुलेको ४९ लाख नेपाली रुपैया सहित २ भारतीय पक्राँउ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैया सहित दुई भारतीयलाई पक्राँउ गरेको छ ।
बाराको फेटा गाँउपालिका वडा नम्बर ५ जोतपुरस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा भारतिय मोटरसाईकलमा सवार दुईजना र नगद सहित पक्राँउ गरेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।
बीआर ०५वाई ६४१७ नम्बरमा सवार भारत बिहार जिल्ला मोतिहारी थाना हंसपुर ग्राम पञ्चायत वडा नम्बर १० घोडासान बस्ने बर्ष २६ का अरबिन्द महतो र पछाडी बस्ने सो ठाँउका १४ बर्षिय नाम परिवर्तित एकलाई पक्राँउ गरेको प्रवतmा मिश्रले बताए ।
रानी लेखेको कपडाको झोलामा लुकाई छिपाई १ हजारको १९ सय २३ थान, ५ सयको ५ हजार ७ सय ४ थान, १ सयको १२ सय थान र रु ५० को १ सय थान रुपैया सहित नेपाल आइरहेको अवस्थामा तिनीहरुलाई पक्राँउ गरिएको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताउनु भयो ।

यसबारे थप अनुसंन्धान भईरहेको र यो कारोवारमा नेपालीहरुको पनि सहभागिता रहेको हुन सक्ने हुदा चाडै नै तिनीहरुलाई कानुनी दायरामा ल्याउने उपरिक्षक शाहीले बताए ।

पक्राँउ परेका तिनीहरुलाई सम्पति शुद्धिकरण बिभाग काठमाडौमा पठाउने उनले बताए । पक्राँउ परेका हकमा बिगोको दोब्बर र २ बर्ष देखि १० बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको प्रहरीले बताए ।
लागु औषध डाईजोपान २ सय ९६ पिस, नुर्फिन २ सय ९४ पिस, फेनार्गन २ सय ९८ पिस, नाईट्रोभेट ५ सय ७६ पिस सहित १ जना मान्छे पक्राउ गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content