सिकेन्द्र पासवान
कलैया । बारामा कानु पत्रकार संघ जिल्ला कार्य समिति चयन भएको छ ।
महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्य एवम नेपाल पत्रकार महासंघ संघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानको बिषेश उपस्थितीमा सम्पन्न भेलाले एभी न्यूज टेलीभिजन एवम राजधानी दैनिक बाराका सववादाता अजय साहको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको उपाअध्यक्षमा कृपा दैनिकमा कार्यरत नरेश गुप्ता, सचिवमा प्राईम टेलीभिजन बारा सववादाता श्रीकान्त गुप्ता, सहसचिवमा बर्षात एफएमका संववादाता रमेश साह, कोषाध्यक्षमा संस्कार एफएममा कार्यरतm पुजा साह चयन भएका छन् ।
समितिको सदस्यहरुमा अनिल साह, अनिल गुप्ता, रंन्जु साह सर्व सहमत रुपमा चयन भएको अध्यक्ष साहले बताएका छन् । समितिको सबै पदाअधिकारीहरुलाई उपप्रमुख कानु र महासंघ प्रदेश २ का सदस्य पासवानले संयुतm रुपमा टिका लगाई सम्मान गरेका थिए ।
अध्यक्ष साहले प्रतिक्रिया दिदै पेशा प्रति जवाफदेहितालाई निष्टा पुर्वक पालन गर्दै कानु समाजको आवाजलाई बुलन्द गर्ने प्रतिवद्धता जाहेर गरे ।