२ करोड बराबरको जग्गा कानु समाजको धर्मशालाका लागि शम्भु परिवारले गरे दान

तराइ संचार
तराइ संचार 470 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । स्व बिश्वनाथ साहको समृतिमा महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरको एक परिवारले २ करोड रुपैया लागत पर्ने ५ कठा जग्गा दान गरेका छन् ।
छोरा शम्भु साह, पत्नी बिजयादेवी साह, सुरेश साह उनका पत्नी संगिता देवी कानुले संयुतm रुपमा कानु समाजको धर्मशाला बनाउनका लागि सो जग्गा दान गरेका हुन ।

धर्मशालाका माध्यमले दिन दुखीका लागि फलदायी हुने बताउदै उनीहरुले दान गरेपछि कानु समाजले भुमि पुजन गरी धर्मशालाको जग्गादाताहरुले नै शिलान्यास गरेका छन् ।
धर्मशाला निर्माणका लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले रु ३० लाख सहयोग गर्ने प्रतिवद्धता ब्यतm गरेका छन ।

उपप्रमुख तारादेवीले आफनो ब्यतिmगत रु ५ लाख, कानु कान्दु हलुयाई मधेसिया केन्द्रिय समितिको तर्फबाट महासचिव चन्देश्वर साहले रु १ लाख ११ हजार धर्मशाला निर्माणमा दान गरेका छन् ।
त्यसैगरी चिन्जीवी गुप्ताले १ लाख २५ हजार , गंजभवानीपुर निवासी शम्भु साहले आफनो बुबा बिसुन साहको समृतिमा १ लाख ११ हजार ११ रुपैया, पर्सा जिल्ला निवासी शम्भु प्रसाद साहले पनि आफनो बुबाको समृतिमा १ लाख २१ हजार सहयोग प्रदान गरेका छन् ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र प्रसाद यादवले कानु समाजको उत्थानका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यतm गर्नु भएको थियो ।
नगरप्रमुख उपेन्द्र प्रसाद यादवले धर्मशाला निर्माणबाट कानु समुदायका ब्यतिmहरु मात्र लाभान्वित नभई गढीमाई पंञ्चबर्षिय मेलामा आउने भतmजनहरुलाई पनि ठुलो सहयोग हुने कुरामा जोड दिए ।

जग्गादाता शम्भु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भोजपुरी कबि बिक्रम साह, कानु अगुवाहरु ओमप्रकाश गुप्ता, राधा साह, मिश्री साह, हिरालाल साह, गोपाल प्रसाद गुप्ता लगायतकाले जग्गादातालाई प्रसंसा गरेका थिए ।

सोहि अवसरमा जग्गा प्रदान गर्ने ५ जनालाई मेयर यादव र उपप्रमुख कानुले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content