बलात्कार र हत्याका घटनामा दोषीमाथी कार्वाही नभए अनेमसंघ बाराले आन्दोलन गर्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी कतोला की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना तत्काल छानबिन भई दोषीमाथी कडा कार्वाही नभए अखिल नेपाल महिला संघ बाराले आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा आईतबार ज्ञापन पत्र दिदै अखिल नेपाल महिला संघ बाराले बलत्कार र हत्याको छानविन भई तत्काल दोषी माथि कार्वाही नभए आन्दोलनको आधीबहरी ल्याउने गरी आन्दोलन गर्न बाध्य हुने जनाएका हुन ।

भट्टको बुधबार लबलेक सामुदायिक वनमा बिभत्स अवस्थामा उनको शव फेला परेको थियो ।
घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला परेको थियो ।

अखिल नेपाल महिला संघ बाराको जिल्ला संयोजक शोभा कार्की र कोषध्यक्ष सरिता राई सुब्बाद्धारा हस्ताक्षरित ज्ञापन पत्र दिएका हुन ।
हत्या भएको एक हप्ता बित्न लागेपनि दोषीह? प्क्राउ गर्न नसकेको भन्दै शान्ति सुरक्षाको जिम्मा लिएको सरकारले तत्काल घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसग जोडदार माग गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।

यस्तै केही समय अघि बलत्कार पछि हत्या भएकी निर्मला पन्तका बलत्कारी र हत्यारा अझै पक्राउ परेका छैनन ।

शेयर
प्रतिक्रिया
Skip to content