कलैया । अखिल नेपाल महिला संघ बाराले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन असंबैधानिक एवम अलोकतान्त्रिक कदम भएको भन्दै बिरोध सहित भर्सना गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र दिएका छन् ।
महिला लगायत सबैको बलिदानी बाट प्राप्त ऐतिहासिक राजनैतिक परिवर्तन र सबिधानको रक्षा गर्नुपने भएपनि संसद बिघटनले सबै धरापमा परेको बताउदै कदम नसच्चाए जस्तो सुकै कदम चाल्न बाध्य हुने अखिल नेपाल महिला संघ बाराको जिल्ला संयोजक शोभा कार्की र कोषाध्यक्ष सरिता राई सुब्बाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा जनाएका छन् ।
संबिधानमा समेत नदिएको संसद विघटन गर्ने अधिकार प्रयोग गरी भएको प्रतिगामी कदमले देश मुडभेडको अवस्थामा गएको, महिला हिसा बढेको भन्दै क्षमायाचना गर्दै संसद पुर्नस्थापना गरी संबिधानलाई क्रियाशिल बनाउन माग गरेका छन् ।