कमयुनिष्ट नेताको लोभका कारण प्रधानमन्त्रीको दुस्साहस निर्माणःकांग्रेस नेता थापा

तराइ संचार
तराइ संचार 751 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं,
निजगढ,२६ माघ ।
नेपालि कांग्रेसका नेता गगन कुमार थापाले नेकपा नेताहरुको लोभ र लालचको कारणले प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहस निर्माण भएको बताउनुभएकोछ । नेपालि कांग्रेसले आईतबार बिरगंजमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका कांग्रेस नेता थापाले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भागबण्डा नमिलेको कारण मुलुक अहिले गम्भीर संकटमा परेको बताउनुभयो ।
नेता थापाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदममा नेकपा नेता प्रचण्ड र माधव कुमार नेपाल समेत जिम्मेवार रहेको जनाउनुभयो । संघियताको सन्दर्भमा बोल्दै नेता थापाले कम्युनिष्ट पार्टी रहित मुलुकको एकमात्र प्रदेश २ सरकारले सहि ढंगले काम गरेको भए प्रधानमन्त्री ओलीले दुस्साहस गर्ने हिम्मत गर्न नसक्ने टिप्पणी गर्नुभयो । ‘प्रदेश २ सरकार सहि ढंगले उभिएको भए आज संघियता कमजोर हुदैनथियो,प्रधानमन्त्रीले संविधान मिच्ने हिम्मत रखनुहुन्नथियो ।’
नेता थापाले भन्नुभयो —‘ओली प्रवृत्ति रातारात बनेको होईन,ओली प्रवृत्ति अढाई,तिन वर्ष भित्र मलजल प्राप्त भएर निर्माण भएकोहो । ’ नेपालि कांग्रेस बिरगंज वडा नम्बर २८ का वडा सभापति सरजुग महतोको सभापतित्वमा आयोजित कार्यक्रममा नेपालि कांग्रेसका उपसभापति विमलेन्द्र निधि,नेपालि कांग्रेसकि पुर्व कोषाध्यक्ष चित्रलेखा यादव,काँग्रेस केन्द्रीय सदस्य अजय चौरसीया ,फरमुल्लाह मन्सुर,पूर्व सांसद राजेन्द्रबहादुर अमात्य लगायतले सम्बोधन गर्नुभएकोथियो ।

शेयर
प्रतिक्रिया
Skip to content