सिमरा । ईन्भर्टर बिग्रिएको एकबर्ष भएपनि नबन्दा बारा जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालबाट उपलब्ध हुँदै आएको क्षयरोग जाँच कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ ।
संघीय शासन पद्धतिमा गएपछि जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत रहेको ईन्भर्टर बिग्रिएर यो सेवा पूर्ण रुपमा बन्द भएको हो ।
बिगत एक बर्ष देखि ईन्भर्टरका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई पटक–पटक मौखिक र लिखित पत्राचार भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयले आज भोली भन्दै छ महिना भन्दा बढी बिताएपछि क्षयरोगको खकार जाँच कार्यक्रम पूर्ण रुपमा बन्द भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवले बताउनु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश सरकार र स्थानीय सरकार दुवैले बेवास्था गरेका कारण लामो समयदेखि पत्राचार गरे पनि खकार जाँच हुन नसकेको उहाँले बताउनु भयो ।
माइक्रोस्कोप र जिनस्पोट मेशिन दुई तरिकाले खकार जाँच हुँदै आएको क्षयरोग निवारण कार्यक्रम अन्तर्गत माइक्रोस्कोपबाट जाँच भइरहे पनि क्षयरोग शंका भएकाहरुको पुष्टि गर्न जिनस्पोट मेशिनद्वारा खकार जाँच गरिने गरेको छ ।
नियमित बिधुत अबरुद्ध हुदा यो परीक्षण पुन गर्नुपर्ने र सही रिजल्र्ट नदिने भएकाले नियमित बिधुतका लागि ईन्टटर अनिर्वाय भएको हो । त्यसैले ईन्भर्टर बिग्रिएका कारण जिनस्पोटद्वारा खकार जाँच हुन नसकेको हो ।
प्रमुख यादवले ईन्भर्टर बिग्रिएको एक बर्ष बितिसकेको र पत्राचार गरेको पनि ६ महिना भन्दा बढी भएपनि अहिलेसम्म प्रदेश स्वास्थ्य निर्देशनालयले अब हुन्छ अब हुन्छ भन्दै ६ महिना बिते पनि नबनेको हो यादबले बताउनु भयो ।
बाराको सिमरा र कलैया जिल्ला अस्पतालबाट क्षयरोग जाँच हुँदै आएको छ । क्षयरोग जाँचका लागि दैनिक आउने धेरै मानिसहरुलाई यो सेवा प्रवाह गर्न कठिन हुँदै आएको उहाँले बताउनु भयो ।
माइक्रोस्कोपद्वारा हुने जाँच नियमित भईरहेको र शंकास्पदहरुलाई थप जाँचका लागि सिमराबाट सेवा उपलब्ध हुँदै आएको भएपनि धेरै समस्या हुने गरेको र सधै यसरी गर्न नसकिने यादबले बताउनु भयो ।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा बाराको सभापति सुरेश मोदकले पटक–पटक स्थानीय निकाय र प्रशासनसँग समन्वयको पहल गरेपनि सहयोग नभएका कारण एक बर्षदेखि यो सेवाका लागि बिरामीहरु बञ्चित बनेको बताउदै केहीलाई सिमरा पठाउन बाध्य भएपनि धेरैले दुख पाएको बताउनु भएको छ ।
उहाँले बारा जिल्लाको सदरमुकाम कलैयाबाट हरेक बर्ष करिब ३५ सयले परीक्षण गर्दै आएकोमा ५ सय भन्दा बढी क्षयरोगी फेला पर्ने गरेको भए पनि परीक्षण रोकिएपछि सर्वसाधारण मारमा परेका बताए ।