निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा रुख काट्न वन मन्त्रालयले शर्त सहित स्वीकृति

तराइ संचार
तराइ संचार 767 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । ३० बर्ष अघिदेखि चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा रुख काट्न वन मन्त्रालयले शर्त सहित स्वीकृति दिएको छ ।

सरकारले सरकारी लगानीमै बनाउने गरी काम अघि बढाएपछि बाराको निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सरकारले काम शुरु भएको ६ बर्षमै निर्माण सक्ने गरी प्रकृया अघि बढोएपछि यस क्षेत्रका सर्वसाधारण र यससग रुची राख्नेहरुमा चासो बढेको छ ।

कुल १ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमानको यस विमानस्थललाई राज्यले वर्षेनी २० अर्ब रुपैयाँ बजेट छुट्याउने योजना रहेको छ ।

सरकारले रोकिएको काम थाल्न रन वे बन्ने १९ सय हेक्टर क्षेत्रका करिब ५ हजार रुख मात्रै काटेर काम अघि बढाउन लागेको हो । रुख कटानका लागि बजेट जुटाउने प्रकृया समेत अघि बढाइएको हो ।
पहिलो चरणमा रनवे बन्ने १९ सय हेक्टर क्षेत्रफलका पाँच हजार रुख काट्न वन मन्त्रालयले स्वीकृति दिने प्रकृया अघि बढाएपछि सबैमा खुशी छाएको छ भने विमानस्थल बन्न नदिनेहरुमा भने चोट पुगेको छ ।

बन मन्त्रालयले विमानस्थल बन्ने क्षेत्रको टाँगीयाबस्तीका करीब १ हजार ४ सय ७६ घरधुरीको व्यवस्थापन नहुँदासम्म अरु रुख नकाट्ने गरी शर्त राखेर अनुमति दिन लागेको हो ।

वन मन्त्रालयले रुख कटानको बाटो खोलिदिएपछि विमानस्थल निर्माण पक्ष पर्यटन मन्त्रालयले बटेजको जोहो शुरु गरेको छ ।

गुरुयोजनाका लागि नेपाल र भारतको एक संयुक्त नीजि कम्पनीलाई ठेक्का दिईएको छ भने आसपासमा सडक निर्माण, बस्ती व्यवस्थापन, तारबार, सिमांकन, रुखमा टाँचा लगाउने काम भैरहेकोले जनाएको छ ।

अदालतमा विचाराधिन यो मुद्दाको टुंगो नलागेका कारण पनि विमानस्थल निर्माणले कहिलेबाट गति लिनेमा सबै सबैको चासो छ ।

शेयर
प्रतिक्रिया
Skip to content