सिमरा । नेपाल पत्रकार महासंघ प्रदेश कार्य समिति प्रदेश नं. २ ले यस बर्षको प्रादेशिक पत्रकारिता पुरस्कार २०७७ नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष एवम प्रतिक दैनिक पत्रिकाका सम्पादक शत्रुधन नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष दिपेन्द्र चौहानको संयोजकत्वमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष पंकज श्रेष्ठ, इकनोमिक जर्नालिस्ट एशोसिएसनका अध्यक्ष बिजय कुशवाहा सहितको तीन सदस्यीय पुरस्कार छनौट समितिको आज सम्पन्न बैठकले प्रादेशिक पत्रकारिता पुरस्कार २०७७ चयन गरेको हो ।
प्रादेशिक पत्रकारिता पुरस्कार २०७६ नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष जनकपुर निवासी धर्मेन्द्र झालाई दिने निर्णय यस अघिनै भई सकेको छ ।
दुवै बर्षको प्रादेशिक पत्रकारिता पुरस्कार यही फाुन १ गते हुने साधारण सभामा एकै पटक प्रदान गरिने सचिब गुरुप्रसाद गौतमद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।