ईन्डो नेपाल टि टवान्टी नकाउट क्रिकेट प्रतियोगिता पटना क्रिकेट क्लबले २८ रनले बिजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 814 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको प्रसौनीमा भई रहेको ईन्डो नेपाल टि टवान्टी नकाउट क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पटना क्रिकेट क्लबले २८ रनले बिजयी भएको छ ।

पटना र रौतहट क्रिकेट क्लबबिच भएको खेलमा शुरुमा टस जिती ब्याटिङ गरेको पटना क्रिकेट क्लबले नौ विकेटको क्षतिमा १४० रन बनाउन सफल भयो ।

जसमा रौतहटका जितेन्द्र मुखियाले चार ओभर तीन विकेट १२ रन दिए ।

प्रतिउत्तरमा रौतहट क्रिकेट क्लबले १९ दशमलब तीन बलमा ११२ रन बनाउदै सबै विकेट गुमाउदै पराजित बन्यो ।

खेलमा पटनाका मैक कुमारले ३४ रन एक बिकेट लिई म्यान अफ द म्याच घोषित भयो ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि पुर्व सभासद राजेन्द्र बहादुर अमात्य , विशिष्ट अतिथि पुर्व सभासद एवम पुर्व पार्टी सभापति लालबाबु सिंहले खेलाडिहरुलाई हौसला मन्तब्य सहित पुरस्कार वितरण गर्नु भएको थियो ।

भोलीको सेमिफाईनल खेल सर्लाही र पटनाबिच हुने आयोजक ११ स्टार क्रिकेट क्लब प्रसौनीले जनाएको छ ।

हिजो सोमबार भएको खेलमा सर्लाही क्लबले आयोजकलाई ४२ रनले पराजित गरेको थियो ।

 

शेयर
प्रतिक्रिया
Skip to content