बारा । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा गर्ने प्रदर्शनमा बाराबाट ६५ बसमा तीन हजार सहभागी काठमाण्डौ पुगेका छन् ।
यो समुहको विरोधसभामा बाराबाट कुल ६५ बस सुमो र निजी गाडी २० गरी करिब तीन हजार ब्यक्ती सहभागी भएको नेकपा नेता मनोज पौडेलले बताए ।
चार हजार सहभागी गराउने लक्ष्य भएपनि सबै गरेर तीन हजार आसपासका मानिसहरु राजधानी काठमाण्डौ पुगेको काठमाण्डौबाट नेता पौडेलले बताए ।
जसमा निजगढ नगरपालिकाबाट मात्र ११ वटा बसबाट ४७५ जना सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पाटी नेकपा निजगढ नगर कमिटीको आव्हान र ब्यवस्थापनमा उनीहरु मंगलबार नै राजधानी हिडेको नगर समितिका थानेश्वर सापकोटाले जनाएका छन् ।
जीतपुरसिमराबाट मात्र २३ बस निजी गाडी रहेको उनले बताए । सबै गाडीमा धेरैमा ४० र कम्तिमा ३० जना रहेको पौडेलले बताए ।
आज बिहाननै देखि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको पौडेलले बताए ।
सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।
सो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।
दुवै समुहको प्रतिस्पर्धा चली रहेको यो समयमा आम जनमानिसले यत्तिको मानिस लैजान लाग्ने खर्च कसले ब्यहोरेको छ भन्ने जिज्ञासा उत्पन्न भएको छ ।
यसमा स्थानीय सरकारको दुरुपयोग त भएको छैन, सबैको जिज्ञासा स्थानीयले खोज्न थालेका छन् ।