पहिलो  सेमिफाईनल खेलमा पटना क्रिकेट क्लब ८५ रनले बिजयी

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको प्रसौनीमा भई रहेको ईन्डो नेपाल टि टवान्टी नकाउट क्रिकेट प्रतियोगिताको आज बुधबार भएको पहिलो  सेमिफाईनल खेलमा पटना क्रिकेट क्लब ८५ रनले बिजयी भएको छ ।

पटना र सर्लाही क्रिकेट क्लबबिच भएको खेलमा शुरुमा टस जिती ब्याटिङ गरेको पटना क्रिकेट क्लबले २० ओभरको खेलमा २०३ रन जोड्न सफल भयो ।
जसमा पटनाका सुदर्शन साहले सर्वाधिक ५१ बनाएका थिए ।
प्रतिउत्तरमा उत्रिएको सर्लाही क्रिकेट क्लबले १९ दशमलब दुई बलमा सबै विकेट गुमाएर ११८ रनमै सिमित बनेको हो ।

खेलमा पटनाका देव कुमारले ३० रन तीन बिकेट लिई म्यान अफ द म्याच घोषित भए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि प्रायोजक राष्ट्रिय बाणिज्य बैकका प्रदेश नि. प्रमुख नरसिह नारायण यादब , विशिष्ट अतिथि पुर्व सभासद एवम पुर्व पार्टी सभापति लालबाबु सिंह, प्रसौनी वडा नं. १ का अध्यक्ष लालबाबु मुखियाले खेलाडिहरुलाई हौसला मन्तब्य सहित पुरस्कार वितरण गर्नु भएको आयोजक ११ स्टार क्रिकेट क्लब प्रसौनीका अध्यक्ष अतिन्दर राउतले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content