निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि १४ गतेसम्म संचालन हुने भएको छ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजक निजगढ फुटबल क्लवले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १६ वटा क्लवहरुले सहभागिता जनाउने सम्मेलन मार्फत निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापा मगरले जनाउनु भयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा ट्रफी र प्रमाणपत्र सहित सम्मान गर्ने आयोजकले जनाएको छ । वि.स २०७४ सालदेखि सञ्चालन भईरहेको निजगढ मेयर कप फुटबलको प्रथम संस्करणको बिजेता वडा नम्बर ४ हो भने दोश्रो संस्करणको बिजेता वडा नम्बर ५ हो ।
कोभिड १९ संक्रमणका कारण गत वर्ष स्थगित भएको थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैंया सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले नगद ४५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।
निजगढ नगरपालिकाको सहयोगमा संचालन हुन लागेको प्रतियोगिता वडा नम्बर ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाघटन निजगढका मेयर सुरेश कुमार खनालले गर्नुहुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर ५ र वडा नम्बर ४ बिच प्रतिस्पर्धा हुनेछ ।