बाराको छोटी भन्सारकोरुपमा रहेको मटियर्वा नाका पुर्णरुपमा सञ्चालन

तराइ संचार
तराइ संचार 706 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । कोभिड १९ का कारण लामो समय देखि बन्द रहेको मटिअर्वा नाका बिहिबार देखि पुर्ण सञ्चालनमा आएको छ ।

महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र करैयामाई गाँउपालिकाका प्रमुखहरुले लिखित रुपमा प्रमुख जिल्ला अधिकारीलाई दिपकराज नेपाललाई नाका खोलाउन ज्ञापनपत्र दिएपछि नाका पुर्णरुपमा सञ्चालनमा आएको हो ।

प्रजिअ नेपाल सहित जननिर्वाचित प्रतिनिधीहरुले मटियर्वा गएर संयुतm रुपमा भंसारमा रहेको तारबार हटाई नाका पुर्णरुपमा खोलेर सञ्चालनमा आएको हो ।

नागरिकलाई सहजताका लागि एवम सरकारले नाका खोल्न दिएको निर्देशन अनुसार नाका खोलिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

नाका खोलेसंगै चार पांग्रे गाडीहरु, मोटरसाईकल भारतबाट नेपाल र नेपालबाट भारतमा जान आउन शुरु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० मटियर्वा नाका भंसार सुचारु भएपछि नागरिकहरुमा उत्साह छाएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

पुर्ववत रुपमा नाका शस्शत्र प्रहरीको कमान्डमा सुरक्षा चेक पोष्ट राखी चेकजाच गर्ने जिम्मेवारी समेत प्रदान गरिएको हो ।

भंसारमा रहेको तारबार बिघटित प्रतिनिधी सभाका सासद रामबाबु कुमार यादव, प्रदेश २ का सासद पारस साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरिक्षक रबिन राज कर्णजित, वडा नम्बर १० का वडाअध्यक्ष शंकर गुप्ता लगायतको सहभागितामा हटाईएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content