सिमरा । राज्यविरुद्ध कसूर गरेको आरोपमा बिहीवार अपराह्न पक्राउ परेकी नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई साँझ प्रहरीले रिहाइ गरेको छ ।
साढे ५ घण्टा हिरासतमा राखेर साझ छाडिएको हो । राजविरुद्धका कसूर अन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेको भन्दै पक्राउ पूर्जी दिएर पक्राउ गरेको हो ।
झाँक्रीलाई पक्राउ गरिएपछि कानूनविदहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विरोध गरेका छन् । पक्राउको विभिन्न राजनीतिक दल र नेताहरूले पनि विरोध गरेका थिए ।
प्रहरीले संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान छ भनेर लिखित बयान दिएपछि उनलाई रिहा गरेको अपराध महाशाखाका एसएसपी दीपक थापाले बताएका छन् ।