जग्गा सम्बन्धि विवाद, व्यक्तिगत रिसवीका कारण कान्ति देवी कुशवाहाको हत्या

तराइ संचार
तराइ संचार 933 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । जग्गा सम्बन्धि विवाद, व्यक्तिगत रिसवीका कारण कान्ति देवी कुशवाहाको हत्या भएको तथ्य खेलेको छ । उनलाई घरको प्यासेजभित्र हत्या गरी मृत अवस्थामा भेटिएको थियो ।

मृतक महिलाको परिवार र छिमेकी धनेश्वरी बिच सम्बन्ध रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनु भएको हो । धनेश्वरीले लालबाबुलाई आर्थिक प्रलोभनमा पारी कान्तिको हत्या गराएको खुलेको प्रहरी प्रमुख शाहीले बताए ।

प्रहरीले महिलाको हत्या गर्ने दुई जना लाई पक्राउ गरेको छ । जिल्लाको महागढिमाई नगरपालिका वडा न १ निवासी कुशवाहाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी ४२ वर्षिय लालबाबु प्रसाद कुशवाहा र ४८ वर्षिय धनेश्वरी देवी कुशवाहा रहेका छन् ।

गत माघ २५ गते उनको हत्या गरिएको थियोे । करिब ५ दिनको अनुसन्धान पछि बाराप्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ । मृतक कान्ति देवी को हत्या गर्दा काठको चिरपट, ढुङ्गा, चुच्चो भएको बस्तु समेतको प्रयोग भएको प्रहरीले अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा नौ सदस्यि अनुसन्धान टोली गठन गरिएको र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा अनुसन्धान टोली खटाईएको थियोे ।

घटनास्थलमा फेला परेको रातो गम्छा र औंठी अभियुक्त लालबाबुले आफनो रहेको स्विकार समेत गरेको र प्रविधिको समेत प्रयोग गरी पुष्टि भएको बताए ।

अनुसन्धानको लागि धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरको प्रयोग गरिएको थियो । प्रहरीले पक्राउ गरेको अभियुक्त लालबाबु २०५६ साल देखि २०६१ सालसम्म डांका मुद्दामा तीन पटक, हातहतियार खरखजाना मुद्दामा एक पटक र सार्वजनिक अपराधमा एक पटक पक्राउ परी सजाय भुक्तान गरिसकेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content